शे-फोक्सुण्डो ताल घुम्न गएकि युवती खोलामा खसेर बेपत्ता



काठमाडौँ: कर्णालीको डोल्पामा पर्ने शे-फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छन् ।

सदरमुकाम दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे-फोक्सुण्डो गाउँपालिका-९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट बुधबार बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने २६ वर्षीया युवती सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।


प्रकाशित मिति : २०७८ कार्तिक १०, बुधबार

धेरै पढिएको

ताजा समाचार