सुदूरपश्चिम जादै प्रधानमन्त्री देउवा


 

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रेदेश जादै छन् । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा अविरल वर्षाका कारण जनधनको व्यापक क्षति भएपछि प्रधानमन्त्री देउवा त्यहाँको स्थलगत अवलोकन गरि जनतालाई सान्त्वना प्रधान गर्नका लागि सुदूरपश्चिम जाने भएका हुन् ।

काँग्रेस नेता रमेश लेखकले सम्भव भए आजै र नभए भोलि प्रधानमन्त्री देउवा सुदूरपश्चिम जाने तय भएको बताएका छन् । आजै लेखकले देउवालाई बालुवाटारमा भेटेर वर्षापछिको बाढी पहिरोका कारण भएको जनधनको क्षतिबारे देउवालाई जानकारी समेत गराएका थिए । बाढी पहिरोका कारण ३ दिनको अवधिमा ५० जनाले ध्यान गुमाइसकेका छन् भने कयौ घरबार बिहिन भएका छन्। किसानले बर्ष भरि लगाएर उब्जाएको धानबाली नस्ट भएको छ।


प्रकाशित मिति : २०७८ कार्तिक ३, बुधबार

धेरै पढिएको

ताजा समाचार