रुकुम पश्चिममा झडप प्रहरी गाईते


 

 

मदिराले मातेका युवाको आक्रमणबाट रूकुम पश्चिममा प्रहरी सहायक निरीक्षकसहित ७ जना प्रहरी घाइते भएका छन् । मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको हो ।

गएराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ति युवाको समुहले ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप हुन पुगेको हो ।

झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई गम्भीर चोट लागेका कारण स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ। बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न समोह मध्ये ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ भने चार जना फरार भएका छन्।

 

 


प्रकाशित मिति : २०७८ आश्विन ३१, आईतवार

धेरै पढिएको

ताजा समाचार