हिन्दु धर्मवलीहरुकालागी महान चाड दशैं का केहि पुराना तथ्यहरु लाई केलाएर हेर्दा विभिन्न रोचक जानकारी हरु प्राप्त हुन्छन ।
१. दशैं मुख्यतः सामरिक चाड हो
समर /लडाइँ, काटमार र बलिसँग दशैं सम्बन्धित छ ।धर्मशास्त्र अनुसार सबैका आ–आफ्ना मुख्य चाड छन् । जस्तै ; ब्राह्मणको लागि जनैपूर्णिमा, क्षेत्रीको दशैं, वैश्यको लक्ष्मीपूजा र शुद्रको फागुपूर्णिमा ।
२. पुराना अभिलेख केलाएर हेर्दा नेपालमा दशैं मान्ने गरेको सन्दर्भ वि.सं १४३२ सम्म पुर्याउन सकिन्छ । कतिले पृथ्वीनारायण शाहपछि मात्र राज्यले संस्थागत रूपमा दशैं मनाउन थालेका हुन् भन्छन् । तर मल्ल राजाहरूले आफ्नो दरबारमा धूमधामसँग दशैं मनाएको प्रमाण प्रशस्त छन् ।
– यता लिच्छवीकालका अभिलेखमा दशैंको चर्चा खासै नआएको भएपनि वि.सं ५६० को राजा मानदेवकामे पालाको शिलालेखमा भगवतीको चर्चा गरिएको प्रमाण भेटिन्छ ।
– नेपाल संवत् ७९८ तदनुसार वि.सं. १७३५ को विजयादशमी तथा दशैंको टीकाको दिन मल्ल राजा नृपेन्द्र मल्ल र गोरखाली राजा पृथ्वीपति शाहले हनूमान्ढोका दरबारको मोहनचोकमा मीत लाएका थिए । यसबाट यी दुवै राजाले दशैंलाई कति महत्त्व दिन्थे भन्ने बुझिन्छ ।
– मल्लकालमा राजा र राज्य भनेको एकै थिए यसैले राजाले दशैं मनाउनु भनेको समग्र राज्यले नै दशैं मनाउनु हो । पृथ्वीनारायण शाह काठमाडौं आएपछि भने दशैंको फूलपातिले विशेष महत्त्व पायो । कर्मचारीलाई बिदा दिने, फौजलाई विशेष भत्ता वा दशैं खर्च दिने चलन सुरु भएको ईतिहास भेट्न सकिन्छ । त्यस पछि विस्तारै दशैं को महत्त्व नेपालि समाजमा बढ्न थाल्यो ।
३ ; महानवमीका दिन हतियार पूजा गर्नु भनेको अर्को राज्यमा आक्रमण जानका लागि तयारी गर्नु हो । मध्यकालमा वर्षा सकिएपछि शरद ऋतुमा खोलानाला सफा हुने भएकाले अर्को राज्यमा आक्रमण जाने चलन थियो । शरद ऋतुमा विजिगीषु राजाहरूले विजययात्रा गर्ने कुराको बयान काव्यहरूमा गरेको पाइन्छ । दशैं लाई यसरी हेर्दा राज्यविस्तार गर्ने उत्सवको रुपमा लिन सकिन्छ ।
यसै गरि दशैंका विभिन्न दिनमा क्रमशः हात्तीको पूजा गर्ने, घोडाको पूजा गर्ने प्रमाण पनि सातौं शताब्दी को ईतिहासमा भेटिन्छ ।
– ललितपुरका राजा श्रीनिवास मल्लको ने.सं. ७८६ तदनुसार वि.सं. १७२३ को एउटा सुवर्णपत्रमा उनले दरबारमा मूलचोक तयार पारी, त्यही चोकको बीचमा महानवमीको दिन आफ्नो इष्टदेवता यन्ताजुको पूजाको लागि मन्दिर बनाएको उल्लेख छ । त्यहाँ बर्सेनि महानवमीको पूजा चलाउनको लागि एक ठाउँको करबाट आउने रकम पनि श्रीनिवास मल्लले छुट्टायाए ।
४ मालश्री धुन हाम्रो प्राचीन संस्कृत वाङ्मयमै उल्लेख छ जसको गुन्जायज ले जो कोहीलाई पनि दशैंको अनुभूति गराईदिञ्छ । खासमा दशैं भनेको दशमी शब्दको अपभ्रंस र मोहनी भनेको महानवमीको अपभ्रंस हो ।