दशैं को पहिलो दिन एका बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा निकै चहलपहल द्देखिन्थ्यो । कोरोना संक्रमण नभएको रिपोर्टमा छाप हान्नका लागी यात्रुहरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगाडि लामो लाइन लागेका थिए ।
नेपालि हरुको सबै भन्दा ठूलो चाडपर्वको मुखैमा प्रददेशी लाई विमानस्थलसम्म पुर्याउन आएका आफन्त हरु निकै भावुक मुन्द्रामा देखिन्थे ।
आफ्नो देशमा मरिहत्ते गर्दा पनि परिवार चलाउने कमाइ नभएपछि विदेश जान बाध्य अधिकंश नेपालि खाडी मुलुक मा ज्याला दारी कामका लागि जाँदै थिए । दशैंको मुखैमा देश छोड्नु पर्दा सारै खल्लो लागेको उनि हरुको दुखेसो छ । तर यहि समयमा भिसा आयो, जानै पर्यो,’ भन्दै पिडा सुनाउछन ।
आजको दिन पनि बिहान ९ बजेसम्म मात्रै नेपाली कामदार जाने ५ गन्तव्यमा नेपालबाट जहाज उडेका छन् । बिहान ७ः३० बजेदेखि ९ बजेसम्म नेपाली कामदार लिएर कुवेतका लागि जजिरा एयरले दुईवटा, ओमानको राजधानी मस्कटका लागि सलाम एयरको एउटा र यूएईको शारजहाँको लागि एयर अरेबियाको एउटा र दुबईका लागि फ्लाई दुबईले एउटा उडान भरेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छन् ।