स्थानीय तहद्वारा कृषकलाई पेन्सन


रुकुम पश्चिम : रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ‘कृषकलाई पेन्सन’ कार्यक्रम सुरु गरेको छ । किसानलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बन्न चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागू गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमअन्तर्गत मासिक एक हजार रुपैयाँका दरले ‘कृषक पेन्सन’ को व्यवस्था गरिएको छ । यो कार्यक्रमका लागि पेन्सन दिन कृषकहरुबाट निवेदन सङ्कलन गरिने र उक्त निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रूपमा एक हजार रुपैयाँका दरले पेन्सन दिने व्यवस्था गरिएको हो । पेन्सन पाउनका लागि केही मापदण्ड भने पूरा गर्नुपर्ने छ। जसका लागि कृषकले व्यक्तिगत या भाडाको जग्गामा कम्तीमा पनि तीन रोपनी व्यावसायिक तरकारी तथा नर्सरी खेती गरेको हुनुपर्ने र खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गर्ने किसानले पाँच रोपनी जग्गामा खेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ बाख्रापालन, खेती किसानी र व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान लक्षित योजना ल्याएका हो ।

कृषकलाई पेन्सनका लागि कार्यविधि निर्माण भैसकेको छ। तर निरन्तर पाँच वर्षदेखि व्यावसायिक कृषिमा लागेको र पालिकाको स्थानीय बासिन्दा हुनुपर्ने कार्यविधिमा उल्लेख छ। नगरपालिकाका कृषि शाखा प्रमुख बिमल खड्काले आर्थिक वर्ष २०७७र७८ को निर्णयलाई चालू आर्थिक वर्ष बाट कार्यान्वयनमा ल्याउन लागेको बताए । उनका अनुसार कृषकलाई पेन्सन कार्यक्रम अन्तर्गत पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ। कृषिमा रमाएका यहाँका किसान व्यावसायिक रुपमा मौसम अनुसार टमाटर,काउली ,धान,गहुँ र आँप लगायतका फलफूल जन्य तथा पशुपालनतर्फ खसि, बोका, कुखुरा,भैँसी आदिबाट राम्रो आम्दानी गर्दे आइरहेका छन् । पालिकाले कृषकलाई पहिलोपटक पेन्सन दिन लागेको हो । चौरजहारीका अधिकांश किसानले धान, गहुँ, मकै ,तोरी, चना, कोदो र मसुरोको परम्परागत प्रणालीबाट खेती गर्दै आएका छन् ।


प्रकाशित मिति : २०७८ आश्विन २०, बुधबार

धेरै पढिएको

ताजा समाचार