अफगानिस्तान र भारतबिचमा हवाई उडान सुचारु गर्न तालिवानको आग्रह


अफगानिस्तानको तालिवान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ ।तालिवान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र लेखेर यसअघिका सबै खालका हवाई उडानहरु सुचारु गरिदिन आग्रह गरेका हुन् ।

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो। तर, अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिवानले सत्ता हत्याएपछि गएको अगस्ट १५ पछि भारतले ती सबै उडानहरू बन्द गरेको थियो। तालिवानहरूले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अरू देशहरूले पनि यसरी हवाई उडानहरू रोकेका थिए। तर, पाकिस्तानले भने केही दिन अघिदेखि इस्लामावाद–काबुल उडानलाई पुनः सञ्चालनमा ल्याएको छ।


प्रकाशित मिति : २०७८ आश्विन १४, बिहीबार

धेरै पढिएको

ताजा समाचार