तालिवानले ब्युँतायो दण्ड मन्त्रालय


काठमाण्डौं : तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर इस्लाम शरिया कानून लागू गर्न सो मन्त्रालय स्थापना गरिएको थियो । अफगानिस्तानमा पुरुषबिना महिलालाई घरबाट बाहिरन निस्कन रोक लगाउनेदेखि संंगीतमा प्रतिबन्ध लगाउने काम सोही मन्त्रालयले गर्छ ।

हाम्रो मुख्य उदेश्य मुस्लिमको सेवा गर्नु हो । तसर्थ, आँचरण तथा दण्डमामिला मन्त्रालय अनिवार्य छ भन्दै मुस्लिम कानून अनुसार सजाँय दिने जनाएका छन् । कानूनले जे निर्देश गर्छ सोही अनुसार अगाडि बढ्ने बताईएको छ। ठूला अपराध गर्नेलाई सजाँय दिन मुस्लिम धर्ममा कठोर कानूनको व्यवस्था छ । शरिया कानूनअनुसार अपराधीको हात काटिदिनेदेखि बलात्कारको अभियोग लागेकालाई यातना दिएर हत्या गरिन्छ । कथित अनुशासन कायम गर्ने भन्दै तालिवानले पहिलो शासनकालमा सडकमा आँचरण प्रहरी परिचालन गरेको थियो ।


प्रकाशित मिति : २०७८ आश्विन ४, सोमबार

धेरै पढिएको

ताजा समाचार