जुम्लाको हिमा गाउँपालिकाले पठनपाठन सुरु गर्यो


जुम्ला: जुम्लाको हिमा गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएसँगै गाउँपालिकाकाले विद्यालयहरुमा पठनपाठन शुरु गरेको छ।

स्वास्थ्य मापदण्ड पालन गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताउनुभएको छ। जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखसितको छलफल पछि विद्यालय सञ्चालनको निर्णय गरिएको उनको भनाइ छ ।

गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिनुभयो । “विद्यार्थीको कोरोना परीक्षण नतिजा नेगेटिभ आएपछि पठनपाठन शुरु गरेका हौँ,” उहाँले भन्नुभयो ।

 


प्रकाशित मिति : २०७८ भाद्र २१, सोमबार

धेरै पढिएको

ताजा समाचार