गद्य कविता ‘जन्मदाता’


किन गछौं ईश्वर प्राप्तिका लागि दौडधुप

मन्दिर मस्जिद आदि इत्यादीमा

खोज्ने बहाना मात्र गर तिमी

ईश्वररुपी माया,शान्ति पाउँछौं आफ्नै माताजीमा

देखिराछु मैले देवि समान आमाको व्यथा,

तिनै सन्ततीहरु जो हर घडी भगवान विर्सन्छन्

अर्थ भगवानको त्यो लाग्छ जसले मानवको रुप दिईन्

धन्य छिन् ‘आमा’ कति प्रिय लाग्छ शब्द ‘आमा’

आजतक भगवान पहिचान गर्न नसकी ति सन्तती दौडिराछन्

आमाको माया र संकार नपाएरै

जिन्दगीलाई गलततर्फ मोडिराछन्

आफ्ना सन्तति उपर भनि आफूलाई नै रित्याईकन

हर सपना मारेर अभावै अभावमा सन्तानको मायामा बाँचिरहन्छिन्

ति आमाहरु जसका सन्तानहरु पखेटा लगाई सारा

संसार उठ्छन् आमा भूली

स्थिर माया आमाको

अझैपनि तिनकै अपार माया साँचिरहन्छिन्

अब जन्मदातातिर फर्क ए छोराछोरी हो,

तिम्रै लागि आमा अझैपनि हमेसा दुखमा जिईरहेछिन्

सफल बन्न सक्तैनौ तिमी नगरी माताको दर्शन र श्रद्धा

उनको आखिरी साससम्म तिमीलाई एकनास आर्शिवाद दिईरहेछिन्

रचना : सबिना ‘जिज्ञासु’

 


प्रकाशित मिति : २०७८ भाद्र २१, सोमबार

धेरै पढिएको

ताजा समाचार