वासिङटनमा गोली हाना हान


 

 

अमेरिकाकाे वासिङ्टन डीसीमा गोलि हानाहान भएको छ भने गोली काण्डमा परि कम्तीमा तीन जनाको ज्यान गएको छ । घटनामा अन्य तीन जना घाइते समेत भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिवार बेलुका साढे सात बजेतिर गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गरेको हो । घटनाका बारे प्रहरीले ट्विटरमार्फत विज्ञप्ति समेत जारी गरेकाे छ ।

डीसी प्रहरी विभागले ट्विटरमार्फत जारी विज्ञप्तिमा भनेको छ, ‘आक्रमणबाट तीन जनाको ज्यान गएको छ र तीन जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।’


प्रकाशित मिति : २०७८ भाद्र २०, आईतवार

धेरै पढिएको

ताजा समाचार