एमाले केन्द्रिय सदस्य विष्णु रिजाल डोल्पा पुगे


पार्टी विभाजनपछि देखिएको अन्योलता स्पष्ट पार्न नेकपा एमालेका केन्द्रिय सदस्य विष्णु रिजाल डोल्पा पुगेका छन्। माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादिले मान्यता पाएसँगै आफ्ना नेता कार्यकर्तालाई उक्त पार्टीमा जानबाट रोक्न नेता रिजाल डोल्पा पुगेका हुन्।

भदौ २१ गते सदरमुकाम दुनैमा आयोजना हुने नेता कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुगेका रिजालले आफुहरुले माधवकुमार नेपाललाई सशक्त नेता बनाउन चाहेको तर उहाँ १५ प्रतिशतमा झरेको दावी समेत गरे।

नेकपाबाट निर्वाचित संघिय सांसद तथा पूर्व राज्य मन्त्री धनबहादुर बुढा र प्रदेश सांसद तथा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढा नेकपा एकिकृत समाजवादीमा लागेका भन्दै व्यक्ति भन्दापनि संस्था महत्वपूर्ण हुने भएकाले त्यस्ता व्यक्ति पार्टीबाट जाँदैमा पार्टीलाई केहि पनि फरक नपर्ने बताए।

नेता रिजालले पत्रकारहरुसँग कुराकानी गर्दै माधवकुमार नेपालप्रति आफ्नो व्यक्तिगत रुपमा उच्च सम्मान रहेको र आफैले निर्माण गरेको पार्टीमा १५ वर्ष अध्यक्ष र देशको प्रधानमन्त्री भइसकेका नेताले व्यक्तिगत कुण्ठाका कारण पार्टी विभाजन गरेर गलत गरेको बताए। पत्रकारहरुको अर्को प्रश्नमा रिजालले सभामुख सापकोटाले आफ्नो पदिय दायित्वभन्दा तल झरेर संवैधानिक पदको दुरुपयोग गरेको समेत आरोप लगाए।


प्रकाशित मिति : २०७८ भाद्र १८, शुक्रबार

धेरै पढिएको

ताजा समाचार