टेलिकमको मोबाइल नम्बरमा बढ्दो समस्या


 

वर्तमान समयमा नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिन थालेको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले बिहीबार सूचना जारी गर्दै सो समस्या आएकाले मोबाइल फोनमा भएका अनावश्यक र शङ्कास्पद एप हटाउन आग्रह गरेको हो । कम्पनीको मोबाइल सेवाका ग्राहकको मोबाइलबाट अटोडायल हुने, अटोडायल भएका ग्राहकको मोबाइलमा कललग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिनेजस्ता समस्या आएका छन् ।

मोबाइलमा रहेका कुनै एप वा वेबसाइटका माध्यमबाट यस्ता समस्या आएको हुनसक्ने बताउदै मोबाइल सेटमा अनावश्यक र शङ्कास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन टेलिकमले अनुरोध गरेको छ ।

टेलिकमले अनधिकृत र अनावश्यक कलबाट बच्नका लागि सतर्क हुन आग्रह गर्दै उपलब्ध गराउने लकिङ कोडको प्रयोग गरी आवश्यक समयमा आइएसडी सेवा खोली कल गर्ने र अन्य समयमा सो सेवा पुनः बन्द गरि सुरक्षित रहन समेत आग्रह गरेको छ ।


प्रकाशित मिति : २०७८ भाद्र १८, शुक्रबार

धेरै पढिएको

ताजा समाचार