यसरी गर्न सकिन्छ नेपालमा मोबाइल फोनको एसेम्बल


 

सरकारले नेतृत्वदायी भूमिका खेलिदिने हो भने नेपालमै मोबाइल फोनको एसेम्बल गर्न सम्भव देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ६ महिना लगाएर तयार पारेको प्रतिवेदनले नेपालमै मोबाइल फोन एसेम्बल गर्न सकिने सम्भावना प्रस्ट भएको हो ।

प्राधिकरणले तयार पारेको प्रतिवेदनले ओप्पो, सामसङ र एप्पल लगायत अन्य ब्राण्डका मोबाइल नेपालमै एसेम्बल गर्न सकिने निष्कर्ष निकालेको छ । नेपालमा एसेम्बल गरिएका मोबाइलमा ‘मेड इन नेपाल’ को लेबल टासेर विदेशमा समेत निर्यात समेत गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘एसेम्ब्लि एण्ड रिफरबिसिङ अफ मोबाइल ह्याण्डसेट्स इन नेपाल’ प्रतिवेदनका अनुसार विदेशबाट पार्टपुर्जा ल्याएर नेपालमा मोबाइलको एसेम्बल गर्न सकिन्छ । तर, नेपालमा मोबाइल एसेम्बल गर्ने प्लान्ट स्थापनाका लागि ठूलो लगानी आवश्यक पर्ने र नेपालको आन्तरिक बजारले लगानी उठान विदेशमा निर्यात गर्नै पर्ने देखिन्छ ।

प्रतिवेदनका अनुसार , ‘नेपालमा पनि भियतनाम र भारतमा जस्तै बाहिरबाट पार्टपुर्जा आयात गरेर मोबाइल एसेम्बल र निर्यात गर्न सम्भव छ ।’ भियतनाम र भारतको उदाहरण दिँदै एसेम्बल उद्योगले सरकारबाट बलियो साथ पाएमा नेपालले पनि ती मुलुकजस्तै मोबाइल एसेम्बल र निर्यात गर्न सक्ने छ ।


प्रकाशित मिति : २०७८ भाद्र १७, बिहीबार

धेरै पढिएको

ताजा समाचार