कालिकोटमा जीप दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना घाइते


 

काठमाण्डौं :   कालिकोटको आमतडामा आइतवार जीप दुर्घटना भएको छ । कर्णाली करिडोर अन्र्तगत आमतडा भन्ने ठाउँमा जीप दुर्घटना हुदाँ चालकको घटनास्थमै मृत्यु भएको छ ।

क १ ज २३ नम्बरको मानसरोवर रारा यातायातको जीप त्रिवेणीघाटबाट जितेगढातर्फ आउँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा परि सान्नी त्रिवेणी गाउँपालिका वडा नं। १ का विक्रम गिरीको मृत्यु भएको हो । दुर्घटनामा ११ जना घाइते भएको र घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मानसरोवर रारा यातायातको उक्त जीप त्रिवेणीघाटबाट जितेगढातर्फ आउँदै गर्दा दुर्घटना भएको हो ।

जीप दुर्घटनाको कारण खुलेको छैन ।

 


प्रकाशित मिति : २०७८ भाद्र १३, आईतवार

धेरै पढिएको

ताजा समाचार