‘नजिकदेखि नियालीरहेछु’



कसैलाई कसैको सरोकार छैन,
मलाई पनि चासो छैन,
तर

अरुभन्दा भिन्न पक्का छु
म आफु आफैलाई नै गर्व गर्छु
की मैले दुनिँयालाई नजिकदेखि नियालीरहेछु ।

म सामान्य परिवारको मान्छे
तर
जीवन जगत अलि बुझेकी छु
आमा आफ्नै तालमा बाबु आफ्नै तालमा ​सारा दुनिँया आफ्नै तालमा
हिँडीरहेको दृश्य नजिकदेखि नियालीरहेछु ।

घरि खुशी लाग्छ त
कहिले भित्रैदेखि ताज्जुव पनि
खुशी त्यसमा की नयाँपन छाईरहेछ
सहज त्यसमा की अस्वाभाविक नौलोपन
मानवले यो के गर्दैछ
व्यावाहारिक जीवनमा
राम्रो नराम्रो अनि नराम्रो राम्रोको दर्जामा चढ्दैछ
​उ भन्दा म अघि
​                     अनि,
हामी भन्दा मवादको होडबाजी बढ्दैछ
तिनै नमुना उत्कृष्टताहरुलाई नजिकदेखि नियालीरहेछु ।

कुरा गरौँ आजको पुण्यरुपी दुनिँयाको
सूर्य उदाउने अस्ताउने उहि दिशा अनि समय
प्रकृती चलिरहेछ स्वाभाविक तवरले
​                तर,
तर मानव जमात बिचमा
हुने नहुने अचाक्ली परिवर्तन देखिरहेछु
​यि सारा
नयाँपनलाई विश्लेषकको आखाँले नजिकदेखि नियालीरहेछु ।

मानव बिचबाटै मानवता भन्ने चिज लोप हुदैँछ,
कसलाई के फरक पर्छ र यहाँ
जीवनलाई अन्तस्करणदेखि सुझ्ने , बुझ्ने फुर्सद नै कहाँ छ र?
अन्याय गरि खुशी मनाउनेकै यहाँ न्यायप्रेमी दिल छ अरे
कस्तो लज्जास्पद विषय यस्तो
आफुले मख्खन निल्न नसक्दा अरुले त हड्डी पनि निल्छ रे
यस्तो नियत बनाई हिँड्ने जवानहरुलाई नजिकदेखि नियालीरहेछु ।

विषय प्रेमको

आमालाई गर्ने ,साथीलाई गर्ने
अनि,
जीवन साथीलाई
प्रेमको अनेक रुप हुन्छन्
अनेकताकको एक विशेष रुप प्रेमजोडीको प्रेमलिला
सिद्धान्तले त सबैले सबैलाई प्रेम बाँड भन्छन्
​बुझ्नेले
मातालाई ईश्वरीय रुप ठान्छन् कतिले श्राप ठानी गन्छन
​अझ प्रेम जोडीको त कथै बेग्लै छ
​यी सारा प्रेमको बिल्कुलै नयाँ नमूनाहरुलाई नजिकदेखि नियालीरहेछु ।
अनि म
यहि बदलिदो संसारलाई सानो आँखीझ्यालबाट चियाउने बहाना गर्दैछु
​यी नै सारा नमूनाहरु सामु आफ्नो मात्र नभएर

सारा मानवको भलाई खातिर

स्रोत :  सबिना ‘जिज्ञासु’


प्रकाशित मिति : २०७८ भाद्र १०, बिहीबार

धेरै पढिएको

ताजा समाचार