नेप्सेका सीईओ साउदले कार्यकाल नसकिदै राजीनामा दिँदै


काठमाडौं  :  नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीईओ चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर किनेपछि सीईओ साउद विवादमा तानिएका थिए ।

संसदको अर्थ समितिका सदस्यहरुले साउदलाई निलम्बन गरी कारवाही सुरु गर्न अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सेयर किनिएको भन्दै सांसदहरूले छानबिन भएर दोषीमाथि कडा सजाय हुनुपर्ने बताउँदै आएका छन्।

उनले आजै अर्थ मन्त्रालयमा राजीनामापत्र बुझाएर पत्रकार सम्मेलन गर्ने तयारी गरेको स्रोतले बताएको छ । साउदको कार्यकाल करिब ३ महिना मात्रै बाँकी थियो ।


प्रकाशित मिति : २०७८ भाद्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार