स्वास्थ्य स्वयंसेविकाबाटै आफ्नै नवजात शिशुको हत्या


 

काठमाण्डौ  : बैतडीकी एक महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नै नवजात शिशुको हत्या गरेकी छिन् । डिलाशैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् ।

माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्धबाट गर्भ रहेकाले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ । आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी छन् । मंगलबार अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने प्रहरी निरीक्षक शाहीले बताए । कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान हुने उनको भनाइ छ । माधवीका श्रीमान् वैदेशिक रोजगारमा गएका छन् । माधवीका १३ वर्षीय छोरा छन् ।

 


प्रकाशित मिति : २०७८ भाद्र ८, मंगलवार

धेरै पढिएको

ताजा समाचार