कोरोनाका कारण करीब दुई वर्षदेखि पर्यटन क्षेत्र ठप्प


दुई दशकदेखि ट्रेकिङ गाइड भएर काम गर्दै आएका जाङबु शेर्पा पेशा परिर्वतन गर्ने सोचमा पुग्नु भएको छ । कोरोनाका कारण करीब दुई वर्षदेखि पर्यटन क्षेत्र ठप्प भए पछि उहाँको गाइड पेशा ठप्प बने पछि सरकारले समेत गाइडहरुलाई कुनै सहुलियत राहत प्याकेजका कार्यक्रमहरु नदिए पछि पेशा नै परिर्वतन गर्ने सोचमा पुगेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, अव फेरि ट्रेकिङ गाइडनै भएर पेशामा फर्किने सम्भावना कम छ ।

कोभिड–१९ महामारीले थला परेको पर्यटन क्षेलाई पुरानै लयमा फर्काउने सरकारी योजना प्रभावकारी हुन सकेको छैन। जसले गर्दा अन्य क्षेत्रमा चहलपहल बढिसकेको भए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरू भने अप्ठेरोमै छन्।

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रूपमा मनाउँदै २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी योजना अगाडि सारेको थियो। तर, कोभिड–१९ महामारीका कारण सरकारी योजना तीन महीनामै स्थगित भयो। महामारीले गर्दा नै सन् २०२० भर पर्यटकको आवागमन ठप्प जस्तै भयो। अहिले जनजीवन सामान्य बन्दै गएको भए पनि पर्यटन क्षेत्रले गति लिन सकेको छैन।

नेपालमा हाल दुई हजार तीन सय बढी ट्रेकिङ एजेन्सीहरु दर्ता भएर पदयात्रा र पर्वतारोहण लगायतका क्षेत्रमा काम गर्दै आएको छ, यि एजेन्सीहरुमा दुई वर्षदेखि काम नहुदाँ मजदुरहरु समेत कामविहीन बनेका हुन् । गाइडहरुका लागि सरकारले तत्कालिन र दीर्घकालीन सहुलियत ऋण र राहतको व्यवस्था गरेर पदयात्रा पेशालाई सुरक्षित गर्न समेत उहाँहरुले माग गर्नु भएको छ ।


प्रकाशित मिति : २०७८ श्रावण १३, बुधबार

धेरै पढिएको

ताजा समाचार