‘दबंग ४’ पनि बन्ने


अभिनेता सलमान खान र अभिनेत्री सोनाक्षी सिन्हा स्टारर फिल्म ‘दबंग’ को तीन सिरिज बनिसकेको छ । नाम नै ब्रान्ड भइसकेको यो फिल्मको अब चौथौ पार्ट निर्माण गर्ने तयारीमा अभिनेता तथा निर्देशक अरबाज खान जुटेका छन् । हालै एक वेवसाइटसँगको कुराकानीमा उनले सलमान खानको पाइपलाइनमा रहेका फिल्मको छायांकन सकिएपछि ‘दबंग ४’ को काम सुरु हुने बताए ।
उनी भन्छन्, ‘कहिले काहिँ हामी दुवैसँग अलग-अलग आइडिया हुन्छ र हामी दुवै एकअर्काको विचारलाई कति समेट्न सक्छौं भनेर छलफल गर्छौं अनि निष्कर्ष निकाल्छौं । त्यसपछि राइटरलाई लेख्न समय दिन्छौं । ‘दबंग ४’ अहिले यही प्रक्रियामा छ ।’ चौथो पार्टको निर्देशन अरबाज आफैंले गर्ने इच्छा देखाएका छन् । ‘दबंग’ को पहिलो र दोस्रो पार्टलाई पनि उनैले निर्देशन गरेका थिए ।
‘दबंग ४’ को निर्देशन गर्नेबारे उनी भन्छन्, ‘अवश्य पनि निर्देशन गर्ने इच्छा छ । तर, अहिले सलमान खानको पाइपलाइनमा धेरै फिल्म छ, जुन उनले पूरा गर्नुपर्नेछ । जब सलमान कमिट्मेन्टसबाट फ्रि हुनेछन्, तब ‘दबंग ४’ सुरु हुनेछ ।’ २०१० मा ‘दबंग’, २०१२ मा ‘दबंग २’ र २०१९ मा ‘दबंग ३’ रिलिज भएको थियो । यो फ्रेन्चाइजको तीनै फिल्म बक्सअफिसमा सफल भएका थिए


प्रकाशित मिति : २०७८ श्रावण १२, मंगलवार

धेरै पढिएको

ताजा समाचार