नेपाली आधुनिक चित्रकलाका महान हस्ति उत्तम नेपालीको निधन भएको छ । काठमाण्डाै किलागलमा विसं १९९४ बैशाख १८ गते जन्मिएका नेपालीको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको र आजै अन्त्येष्टि गर्ने तयारी छ ।
चित्रकार नेपालीले निजामती सेवा , नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य, नेपालीकाे साहित्य लेखन लगायतका मध्यामबाट हरेक नेपालीको मनमनमा बास गर्नु भयको छ ।