अविरल बर्षाका कारण कालिकोटमा जनजीवन प्रभावित, कर्णाली राजमार्ग अबरुद्ध


३ दिन देखिको अविरल बर्षाका कारण कालिकोट बासीको जनजीवन प्रभावित भएको छ । जिल्लाको तिलागुफा नगरपालिका वर्डा नः१ भिग्म बजार बासी को ब्बसोबासका कष्टकर भएको हो ।

बिहान देखि परेको अविरल बर्षाका कारणले आइतबार बिहान खोपिगाठे माथी देखि पहिरो खसेको थियो । पहिरो खस्दा भिग्म बजार बासी र कर्णाली राजमार्ग समेत अबरुद्ध भएको छ ।

येस्तै, पहिरोको कारणले स्थानीय भिग्म बजारका चन्द्र ब बुढाको घर पुरिएको छ । पहिरोको कारण धनजनको क्षेति भयता पनि घरपरिवारलाई कुनै चोटपटक नलागेको स्थानीय धर्मदत्त अधिकारी जानकारी गराउनु भएको छ । उक्त घटना को अनुगमन स्थानीय सरकार र पुलिस प्रशासन ले गरेको छ ।

 


प्रकाशित मिति : २०७८ असार ३०, बुधबार

धेरै पढिएको

ताजा समाचार