आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’को छायांकन सेटमा अदिती


चलचित्र कृ पछि पर्दामा नदेखिएकी नायिक अदिती वुढाथोकी यो पटक आफ्नै होम प्रोडक्शनको चलचित्र ‘बाबरी’को छायांकनमा सोमबारदेखि जोडिएकी छिन् । वुढाथोकीले चलचित्र ‘कृ’को छायांकन सकेको ३ बर्ष बढी भयो । ३ बर्ष अगाडि यो चलचित्रमा काम गरेपछि अदितीले नयाँ चलचित्रमा काम गर्न समय लगाइन् ।

अदिती आफूलाई चलचित्रमा काम गर्न टिमसँग सहजता महशुश हुनुपर्ने बताउँछिन् । ३ बर्षपछि चलचित्रको छायांकन सेटमा जोडिन पाउँदा अदितीमा उत्साह देखिन्छ ।

आफ्नै घरको चलचित्र भएकाले पनि अदितीमाथि केही दबाब थपिएको छ । उनले, चलचित्रमा मात्र अभिनय गरेनन् सुख पाउने अवस्था छैन । नायिकासँगै निर्मात्रीको भूमिकामा पनि उनी उत्रनुपर्ने हुन्छ ।

दोश्रो पटक सुरेन्द्र पौडेलसँग नै काम गर्न लागेकी अदितीका लागि यो चलचित्रको बक्स अफिस पनि महत्वपूर्ण हुन्छ ।

तर, कोरोनाको दोश्रो लहरका कारण थुप्रै क्षेत्रहरु प्रभावित भैरहेको समयमा यो चलचित्रको छायांकन पुरा गर्न यसको निर्माणपक्षलाई सहज भने हुने देखिएको छैन ।


प्रकाशित मिति : २०७८ बैशाख ७, मंगलवार

धेरै पढिएको

ताजा समाचार