सुर्खेतबाट धरानका लागि छुटेकाे बस कोहलपुरमा दुर्घटना


सुर्खेतबाट धरानका लागि छुटेको यात्रुबाहक बस कोहलपुरमा दुर्घटना भ​एको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ​।दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने घाईतेहरुको सङ्ख्या एकिन भ​एको छैन​। कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै बस र टिप्पर एकआपसमा ठोक्कीदा दुर्घटना भ​एको ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ।

बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट कोहलपुरतर्फ जाँदै गरेको टिप्पर एक आपसमा ठोक्कीएका थिए । दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याय लगत्तै मृत्यु  भ​एको प्रहरी जनाएको छ।


प्रकाशित मिति : २०७८ बैशाख ३, शुक्रबार

धेरै पढिएको

ताजा समाचार