सविना श्रेष्ट- शारदा नगरपालिका वार्ड न० १५ स्यालघारी, सल्यान निवासी १९ बर्षिया प्रकाश बुढाथोकीको ललितपुरको सुमेरु अस्पतालमा चिकित्सकिय लापरवाहीका कारण मृत्यु भएको छ। सामान्य अवस्थाकै रुपमा अस्पतालमा भर्णा गरेको र बायोप्सि निकाल्ने क्रममा उच्च रक्तस्रावका कारण मृत्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन।
मृतकका बुबा टोपेन्द्र बुढाथोकीका अनुसार छोरा प्रकाश बुढाथोकीलाई विगत केहि समययतादेखि स्वास्थ्य अवस्था कमजोर भएको र नजिकैको अस्पतालबाट उपचार गराउदै आइरहेका थिए। बुबा टोपेन्द्र बुढाथोकी रुदै अगाडि थप्छन “छोरा प्रकाश बुढाथोकीलाई पहिला त्यस्तो कुनै गम्भिर रोग लागेको थिएन्, सामान्य हातखुट्टा सुन्निएर हिडडुल गर्न गाह्रो भएपछि उनलाई नजिकैको श्री नगर स्थित कान्तीपूर अस्पतालमा भर्णा गरियो, तर अस्पतालले बिरामीको थप जाँच गर्न पर्ने र आफुसंग बिशेषज्ञ चिकित्सक उपलब्ध नभएका कारण काठमाण्डौ लैजाना सुझाएकाकाले बिरामीलाई थप उपचारका लागि रिफर गरिएको थियो। त्यसपछि किड्निको राम्रो अस्पताल सुमेरु अस्पताल रहेको थाहा पाएपछि हामि यहाँ आएका थियौ। गत चैत्र–१७ गते सुमेरु अस्पतालमा भर्ना भएका प्रकाशको दुवै मृगौलामा समस्या देखिएको भन्दै अस्पतालमा कार्यरत डाक्टरले मृगौलाको बायोप्सी गर्न भनेको र बायोप्सिकै क्रममा अत्याधिक रक्त स्राव भएको र रक्तस्राव नरोकिदा उनको ज्यान गएको उपचारमा संलग्न जनरल सर्जन डाक्टर डिभी कार्कीले कर्णाली टेलिभिजनलाई जानकारी दिए।
तर मृतकका बुवा तथा आफ्न्तहरुले अस्पतालले आफुहरुसंग कुरा लुकाएको आरोप लागएका छन। पहिलो कुरा त सामान्य बायोप्सिको कुरा भएको थियो, दोस्रो किड्नि नै निकालेर उपचार गर्न पर्ने स्थिति आएको बारे हामिहरुसंग कुनै पनि पुर्वजानकारी गराइएको थिएन। जब बिरामी सिरियस हुदै गयो र मृत्यु नजिक पुग्न थाल्यो तब मात्रै हामिलाई बिरामीको अवस्थाबारे जानकारी गराईयो, यसमा डाक्टर र अस्पताल प्रशासन दुवैको गल्ति छ, मृतकका एक आफन्तले भने। अस्पताल प्रशासनले भने यस घटनामा अस्पतालको कुनै पनि त्रुटि रहेको अस्विकार गरेको छ। अस्पतालका प्रबन्ध निर्देशक हेमराज दाहालका अनुसार मृतक प्रकाशको उपचारमा कुनै पनि कमि नरहेको जानकारि गराउदै अगाडि भन्छन “हामीसंग २४ घण्टा बिशेषज्ञ डाक्टरहरु उपलब्ध हुनुहुन्छ र विस्वस्तरिय सेवा-सुविधा रहेको छ। डाक्टरले सबै कुराको बर्णन बिरामीका आफन्तलाई भनेको र बिरामीको पुर्व अवस्थाबारे पहिले नै जानकारी गराएको बाताउछन।
मृतक प्रकाश बुढाथोकीले ४ महिना अघि मात्रै विवाह गरेका थिए। आफ्नो श्रीमानको मृत्यु भएको खबर सुनेर श्रीमति अचेत रहेको पारिवारिक स्रोतले जनाएको छ।