पोखराका दुई चेलिहरु जस्ले सौन्दर्य सम्बन्धि महिलाहरुलाई ज्ञान र आत्माविश्वास बाँडदै सुर्खेतसम्म आइपुगेका छन। खासगरि सौन्दर्य तथा मेकअप सम्बन्धि तालिम दिदै नेपालका विभिन्न शहरहरुमा विना हिच्चकिचाहट रुपमा आफुहरुसंग भएको ज्ञान र सिपलाई एक-अर्कामा साट्दै र फरक-फरक अनुभव सङगाल्दै हिडेका छन। प्रस्तुत छ; सहयोगी सचिन तिमिल्सिना र तेज बहादुर बमले तयार पारेको कुराकानीको केहि अंश-
तपाइहरुको नाम के हो?
उत्तर- निशा कार्कि बाँनिया र रिनू गुरुङ
कहाबाट आउनुभएको हो?
उत्तर- पोखराबाट
तपाईहरु हरेक शहरमा यसरि महिला सौन्दर्य सम्बन्धि तालिम दिदै हुनुहुन्छ, यस्को खास उद्देश्य के?
उत्तर- तपाई हामिलाई थाहा छ कि महिला-पुरुषहरुको तुलनामा महिलाहरु नै सौन्दर्य सम्बन्धि बढि चासो राख्ने गर्नुहुन्छ। त्यसमध्ये सबै महिलाहरु ब्युटिपार्लर जान सक्ने हुदैनान किनकि वहाँहरु कतिपयसंग पैसा नहुन सक्छ, कतिपयसंग समय नहुन सक्छ तथा कतिपयसंग सौन्दर्य सम्बन्धि बेसिक जानकारी नहुन सक्छ। त्यसतो अवस्थामा हामिले सौन्दर्य सम्बन्धि चासो राख्ने महिला दिदिबहिनिहरुलाई कम से कम आफ्नो लागि र घरमै भए पनि मेकअप तथ व्यक्तिगतरुपमा आत्माविस्वास जागोस भन्ने हेतुले यो कार्यक्रम विभिन्न शहरहरुमा गर्दै हिडेका छौ।
अहिले सम्म कति वटा शहरहरु तथा कहाँ–कहाँ यस्ता कार्यक्रमहरु गर्नु भयो?
उत्तर- हामिले पोखराबाट सुरुवात गरेका हौ त्यसपछि क्रमश; चितवन, मकवानपुर, धरान, बिराटनगर, बिर्तामोड, दमक, नेपालगंज, स्याङ्जा र अन्तमा सुर्खेत सम्म आइपुगेको हो। यात्रा जारि छ।
अब कहाँ–कहाँ र कुन-कुन शहरमा जाने योजना छ।
उत्तर- हाम्रो योजना त विस्तारै-विस्तारै नेपालका सबै शहरमा जाने योजना छ। तर अहिलेलाई धादिङ, पर्वत, सिक्किम तथा दार्जिलिङ सम्म पुग्ने योजना छ।
विभिन्न शहरहरुमा यी र यस्तै कार्यक्रमको दौरान हाल सम्म कुनै त्यस्तो अप्रत्यासित समस्याहरुको सामाना गर्नु पर्यो? मतलब के भने चुनौतिहरु के-के छन?
उत्तर- हामिले अहिले सम्म त त्यस्तो कुनै पनि अप्रत्यासित समस्याहरुसंग जुध्नु परेको छैन र आशा गरौ कि भविस्यमा पनि त्यस्तो समस्याहरुसंग सामाना गर्नु नपरोस। अब चुनौति त हरेक काममा छ। घरबाट बाहिर निस्के पछि नै चुनौति सुरु थाल्छन। तर, जब हामिहरु नयाँ-नयाँ नचिनेको ठाउमा पुगछौ र दिदि बहिनिहरुलाई भेट्छौ अनि वहाँहरुलाई हामिसंग भएको ज्ञान अनि अनुभव साट्छौ तब हाम्रा दु;ख तथा थकाई कता मेटिहाल्छ।
कुनै शहरमा प्रसिक्षार्थिहरुले गर्ने गरेका केहि गुनासाहरु वा त्यस्तो कुनै असयोग छ?
उत्तर- नाई त्यस्तो त केहि छैन। हामिहरुले जहाँ-जहाँ ट्रेनिङ दिदै आईरहेको छौ त्यहा सबैजना निकै खुशि हुनुहुन्छ र धन्यवाद दिनुहुन्छ।
अन्तमा केहि भन्नुछ ? खास गरेर प्रशिक्षार्थिहरुलाइ?
उत्तर- यो सौन्दर्य सम्बन्धि तालिम मात्रै नभएर एउटा यस्तो ट्रेनिङ हो जहाँबाट महिला दिदिबहिनिहरुले आत्मासम्मान र आत्माविस्वास बढाउने प्लेटफार्म हो। साथ साथै स्वरोजगार बन्ने अनि हातमा सिप राखेर बस्ने एक अवसर पनि हो। त्यसैले यस्तो सुनौलो अवसर गुमाउनु हुदैन र मौकाको फाईदा उठाउनु पर्दछ।