लकडाउन बिर्साउने नयाँ गन्तव्य, हर्पनखोला ड्याम । (फोटो फिचर)


कोरोना भाइरसको महामारीका कारण विश्व अर्थतन्त्र तहसनहस भइरहेको छ। यस कोराना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न विश्वका धेरै देश आज पनि लकडाउनमा छन् जसका कारण अधिकांश व्यापार व्यवसाय उद्योगधन्दा बन्द रहेका छन् ,नेपालमा समेत हजारौंले आम्दानी गुमाएका छन् भने लाखौँले रोजगारी गुमाएका छन्

यस महामारीमा मानिस घरभित्र नै बस्न बाध्य छन । हाल सरकारले लकडाउनलाइ केही खुकुलो भए पश्चात देशमा चहलपहल भने बढेको छ ।
करिब ३ महिना घर बाट बाहिर ननिस्केका पोख्रेली केही शान्त र रमणिय स्थानको खोजिमा छन ।

पोखरा देखी करिब १२ कि मि पश्चिममा हालै नया एक गन्तव्य बनेको छ , हर्पनखोला ड्याम ।
हल्लनचोक देखी पामे बजार हुदै, हालै नया बनेको बाटो बाम्दी, मार्सेखोला, चनौटेबाट उक्त स्थानमा सहजै पुग्न सकिन्छ । अतन्तै रमणिय स्थानमा रहेको ड्याममा पौडी खेल्न, फोटो र भिडियो खिच्न युवायुवतीको यो ठाउँमा चहलचपल बढेको छ ।

प्रदेश सरकार र पोखरा महानगरको पहलमा त्यस स्थानमा करिब २९ करोडमा ४ बटा ड्याम निर्माण सम्पन्न भएका छन ।
माथिबाट आउने बाढी पहिरो तथा बेगलाइ कम गरि फेबाताल पुरिनबाट जोगाउने यसको उदेश्य हो ।

पोखरा महानगर भएपनि केही पछाडी रहको उक्त स्थान हालैको सरकार तथा स्थानियको पहलमा त्यस स्थानमा बिकास निर्माणका कार्यहरु धमाधम हुन थालेका छन ।

 

फोटो सौजन्य: गल्लि गल्ली डटकम


प्रकाशित मिति : २०७७ असार ३१, बुधबार

धेरै पढिएको

ताजा समाचार