म्यान्चेस्टर सिटीमाथिको प्रतिबन्ध उल्टियो


म्यान्चेस्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा लगाइएको दुई वर्षको प्रतिबन्ध उल्टिएको छ । द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सिटीलाई ‘इक्वटी फन्डलाई स्पोन्सरसीपका रुपमा लुकाएको’ आरोपबाट सफाइ दिएको हो ।

युइएफएको क्लब फाइनान्सियल कन्ट्रोल बडी (सीएफसीबी) ले सन् २०१२ र २०१६ को बीचमा सिटीले फाइनान्सियल फेयर प्ले (एफएफपी) को गम्भीर उल्लंघन गरेको भन्दै गत फेब्रुअरीको २ वर्ष प्रतिबन्धको कारवाही गरेको थियो ।
सिटीको जरिवाना पनि १ करोड युरोमा झारिएको छ । यसअघि सिटीमाथि ३ करोड युरो जरिवाना तय गरिएको थियो ।

सिटीले निर्णयलाई स्वागत गर्दै सीएसएसलाई धन्यवाद दिएको छ ।


प्रकाशित मिति : २०७७ असार ३१, बुधबार

धेरै पढिएको

ताजा समाचार